तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको आय–व्यय सार्वजनिक
  • प्रमुख खबर

पोखरा ।

तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ । आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगितामा भएको आय–व्यय सार्वजनिक गरेको हो ।

गत माघ ८ देखि १४ गते सम्म आयोजना भएको प्रतियोगिताबाट रु ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी तथा खर्चतर्फ रु ८५ लाख १५ हजार १ सय १४ गरी कुल ५ लाख ५१ हजार ९ सय ४१ रुपैयाँ बचत गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।उनले कुल आम्दानी मध्ये टिकट संकलनबाट रु १६ लाख ७५ हजार ५ सय आम्दानी भएको पनि बताएका छन् ।

त्यस्तै यस प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट रु ३९ लाख ४१ हजार ५५५, मुख्य प्रायोजकबाट रु १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषदबाट रु ८ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट रु ५ लाख र पोखरा महानगर पालिकाले रु ७ लाख सहयोग प्राप्त भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्