गण्डकीका सचिनले जिते राष्ट्रिय इपि फेन्सिङ प्रतियोगितामा रजत पदक
  • प्रमुख खबर

पोखरा ।

राष्ट्रिय इपि फेन्सिङ प्रतियोगितामा गण्डकीका सचिन खत्रीले जुनियर प्रतिस्पर्धामा रजत पदक जितेका छन् । कैलालीको धनगढीमा जारी उक्त प्रतियोगतामा गण्डकीका सचिनले रजत पदक जित्न सफल भएका हुन् ।

बुधबार राती सम्पन्न फाइनलमा सुदुर पश्चिमका लक्ष्यजङ्ग शाही संग पराजित हुँदै सचिनले रजत पदक जितेका हुन् । कास्की फेन्सिङका अध्यक्ष विजय शाहीका अनुसार सचिन झिनो अङ्कले फाइनलमा पराजित भएका थिए ।

त्यस्तै सोही प्रतियोगितामा कास्कीका कुमार मल्लले कास्य पदक जितेका छन् । जारी प्रतियोगितामा नवौं राष्ट्रियमा कास्य पदक विजेता नवराज कार्की भने क्वाटरफाइनल बाट बाहिरिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्