पोखरेली खेलाडी अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा
  • प्रमुख खबर

पोखरा ।

अमेरिकामा व्यवसायीक रुपमा टेनिस खेल्दै आएका पोखरेली खेलाडी अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा उक्लिन सफल भएका छन् ।

पोखराबाट टेनिस खेल्न सुरु गरेका २३ वर्षीय बास्तोला नेपालका लागि पहिलो पटक आइटिएफको वरियतामा पर्न सफल भएका हुन् ।
अमेरिकामै अध्ययन गर्दै आइरहेका उनले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

विश्ववारियताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्ववारियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताएका छन् ।

उनले दशौं हजार खेलाडीहरुको बीचमा समेत १७९० स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको बताए । आफु देशका लागि खेल्ने भएकाले बाकीँ यात्राका लागि सम्बन्धित निकायले समेत सहयोग गरिदिनुपर्नेमा जोड दिए ।

अभिषेकले हाल सम्म विभिन्न १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेको अनुभव समेत बटुलेका छन् । उनले सन २०२४ को ओलम्पिकको तयारी समेत गरिरहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्