८४ रनले ओमानमाथि नेपालको शानदार जित
  • प्रमुख खबर

काठ्माण्डौं ।

एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल ८४ रनले विजयी भएको हो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाउन सफल भए । उनले ६४ बल खेल्दै १० छक्का र ९ चौकाको सहयोगमा १ सय ८ रन बनाएका थिए । २०२० मा लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिकाविरुद्ध डेब्यु गरेका उनी ओडीआईमा सर्वाधिक रन बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन् ।

आज भएको खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी योगफल बनाएको छ । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा पीएनजीसँगको खेलमा २ सय ९७ रन बनाएको थियो । ओमानमाथि नेपालको शानदार जितसँगै समूह “ए” मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

यस एसीसी प्रिमियर कपको समूह ुएु मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्