एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालद्धारा जोर्डन पराजित
  • प्रमुख खबर

काठ्माण्डौं ।

एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि विजयी हासिल गरेको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली जोर्डनलाई ४(१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ ।यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।

पहिलो चरणको छनोटमा सहभागि टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता मात्र छनोटको दोश्रो चरणमा प्रवेश गर्नेछ ।जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू(१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।

आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्