नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुग्न सफल भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार कुवेतसँग भएको खेल वर्षाको कारण रद्द भएपनि नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३ बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाएका थिए ।

समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अब फाइनल खेल सोमबार हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्