नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ
  • प्रमुख खबर

काठमाडौँ ।।

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ। उनी गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेसहित १० जना यो प्रकरणमा पक्राउ परिसकेका छन्।

हिरासतमा रहेका पाण्डेले पूर्वगृहमन्त्री खाणसहित अन्यको पनि नाम लिएको र पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्