पोखरा ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले विभिन्न विषयलाई लिएर शंख फुक्दै विरोध प्रदर्शन गरेको छ । पोखराको लखनचोकमा विहीबार उनीहरुले विरोध प्रर्दशन गरेका हुन् ।
उक्त विरोध प्रर्दशन कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रि युवा संगठन कास्कीले विशेषगरी प्रदेश खारेजीको माग, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत अन्य भ्रष्टाचारका विषयलाई लिएर गरेको हो ।
पार्टीका अध्यक्ष नारायण गुरुङ्गले पछिल्लो समय देशको अर्थतन्त्र कमजोर हुनुमा यसको प्रमुख कारण भनेको नै संघीयता र भ्रष्टाचार भएको बताएका छन् । त्यसैले देशको अर्थतन्त्रलाई बलियो बनाउन संघीयतालाई खारेज गर्नुपर्ने र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने स्पष्ट पारेका छन् ।
उक्त विरोध ¥यालीमा प्रर्दशनकारीहरुले “प्रदेश सरकार खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, गणतन्त्र चाँहिदैन, देश लुट्न पाईदैन, ३३ के.जी. सुन काण्ड कता हरायो” लगायतका नारा लगाएका थिए ।