प्रदेश खेलकुद परिषद् गण्डकीको सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त
  • प्रमुख खबर

पोखरा ।

प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् गण्डकीको सदस्य सचिव विवादलाई चिर्दै श्रीधर शर्मालाई नियुक्त गरेको छ । नवलपुरका शर्मालाई आज प्रदेश सरकारले उक्त पदमा नियुक्त गरेको हो ।

पेशाले वकिल समेत रहेका उनी भलिबल संघका केन्द्रिय सचिव पनि हुन् । यस अघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तिन जनाको नाम सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्