टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न जिल्ला  अदालत काठमाडौँले दियो ३ दिनको समय
  • प्रमुख खबर

काठमाडौँ ।।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीमाथि जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको समय दिएको छ। यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले आइतबार ४ दिनको समय प्रदान गरेको थियो ।

यस अघि एमाले सचिवबाट निलम्बित भएका उनी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् ।

वैशाख २० गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि फरार रहँदै आएका उनि आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्