आज ३० औँ मदन आश्रित स्मृति दिवस
  • प्रमुख खबर

काठ्माण्डौं ।

आज  ३० औँ मदन आश्रित स्मृति दिवस नेकपा एमाले र एकीकृत समाजवादीले विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस्तै यस अवसरमा पूर्व राष्ट्रपति विद्या भण्डारीले पनि मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् ।

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

वि.सं. २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गरेका थिए । २००९ साल अषाढ १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा समेत परिचित छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्