विश्वकप क्रिकेट छनोट खेलका लागि आईसीसीद्धारा ड्र सार्वजनिक
  • प्रमुख खबर

काठ्माण्डौं ।

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल, जिम्बावे र वेष्टइण्डिज एउटै समूहमा परेको छ । आईसीसीले मंगलबार गरेको ड्र मा नेपालसँगै यी राष्ट्रपनि एउटै समूहमा परेको हो । सो समूहमा अन्य राष्ट्र नेदरल्याण्ड र अमेरिका पनि छन् ।

यस्तै समूह बी मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगिता आगामी जुन(जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्