पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थगित
  • प्रमुख खबर

पोखरा ।
पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला तत्कालका लागि स्थगित भएको छ । संघीयताको प्रभावकारी कार्यान्वयन गरी प्रदेशलाई बलियो बनाउनका लागि प्रधानमन्त्रीलाई दवाब दिने उद्देश्यले जेठ १० गते देखि पोखरामा आयोजना हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको जनाएको छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जारी गरेको उक्त विज्ञप्तिमा, प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले २०८० जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको उल्लेख गरिएको छ । तर बैठक स्थगित हुनुको कारण भने सो विज्ञप्तिमा खुलाइएको छैन ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्