राष्ट्र र जनताका हित विपरीत कुनैपनि सम्झौता नगर्न नेकपा मालेको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबारबाट हुने भारत भ्रमणका क्रममा राष्ट्र र जनताका हित विपरीत कुनैपनि सहमति वा सम्झौता नगर्न नेकपा मालेले ध्यानाकर्षण गराएको छ ।

पार्टीको मंगलबार बसेको स्थायी कमिटि बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्रीको बुधबारबाट हुने औपचारिक भारत भ्रमणमा देशको स्वतन्त्रता, साम्प्रभूता एवम् भूअखण्डता र राष्ट्रिय हित विपरित हुने कुनैपनि सम्झौता नगर्न ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्रीले कम्तीमा पनि नेपाल–भारत सिमानाको पश्चिमोत्तरमा अवस्थित भारतको कब्जामा पुगेको करिब ४०० वर्ग कि।मी।क्षेत्रफल भएको नेपालको पश्चिमी ब्यास क्षेत्रलाई वार्ताद्वारा नेपालको सम्प्रभुता अन्तर्गत ल्याउने सम्पूर्ण नेपालीहरूको विचारलाई भारतीय समकक्षी समक्ष राख्न पनि मालेले सुझाव दिएको छ । नेपालीहरूको विचारलाई भारतीय समकक्षी समक्ष राख्न पनि मालेले विज्ञप्तिमार्फत सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्