गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दू युवा संघको ज्ञापनपत्र
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्व हिन्दू युवा संघले ५ बँुदे माग सहितको ज्ञापन–पत्र बुझाएको छ । संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध गर्दै मुख्यमन्त्रीलाई ५ बँुदे माग सहितको ज्ञापन–पत्र बुझाएको हो ।

विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वको टोलीले नेपालको सभ्यता, संस्कृति र सनातन धर्म तथा सम्पदा संरक्षण गरी विश्व शान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्रको रुपमा नेपाललाई अगाडी बढाउन आगामी आर्थिक वर्ष ०८०÷०८१ को बजेटमा हिन्दु धर्म सम्बन्धि परियोजनामा बजेट विनियोजन अनुरोध गरेका छन् ।

शाहले मुख्यमन्त्री पाण्डेलाई गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको अन्तराष्ट्रिय स्तरको अब्बल सम्बन्ध भएको शहर भएको र पोखरा धर्मक्षेत्र कोशी गण्डकी सभ्यताको केन्द्रस्थल भएकोले धार्मिक पर्यटन बढाउन पहल गर्न अनुरोध गर्दै पोखरासँग रहेको नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई भरपुर सदुपयोग गरी नेपालको समृद्धि हासिल गर्न नेपालका मौलिक ज्ञानहरुको अध्ययन अध्यापन गराउन पोखरामा एक सुविधा सम्पन्न अत्याधुनिक योगी नरहरिनाथ कर्मयोग गुरुकुल स्थापना गर्न अति आवश्यक भएको पनि बताएका छन् ।

उनले गण्डकी प्रदेशमा रहेका जिल्लाहरुमा ठूल–ठूला गौशाला निर्माण गरी नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने समेत जानकारी गराएका छन् ।

यस्तै विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य विश्व कला यात्री प्राज्ञ नगेन सिंहले गण्डकी सभ्यता खोज अनुसन्धानको लागि पनि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउदै धार्मिक पर्यटन प्रबद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै मुख्यमन्त्रीसमक्ष संघले नेपालको भू–भागमा सहजै रुपमा फल्ने गाँजाको धेरै औषधीय गुणहरु हुनुका साथै यसका धेरै विशेषताहरु भएको हुँदा गाँजाको विषयमा अध्ययन अनुसन्धानको लागि अनुमति दिन समेत निवेदन गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्