जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी लिम्बुले दिइन पदबाट राजीनामा
  • प्रमुख खबर

विराटनगर ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बुले पदबाट राजीनामा दिएकी छन् । उनी जसपाबाट मन्त्री बनेकी थिइन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री लिम्बुले पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्