भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार डोभलबीच भेटवाता
  • प्रमुख खबर

काठ्माण्डौं ।

भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभलसँग भेटवार्ता गरेका छन् । नयाँदिल्ली स्थित होटल आईटीसी मौर्यामा प्रचण्ड र डोभलबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भेटमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी रहेका छन् । बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारको तर्फबाट विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्