बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
  • प्रमुख खबर

पाेखरा।।
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात भएको छ । एक कार्यक्रलाई सम्बाेधन गर्न बाग्लुङ पुगेका उनलाई साेहि ठाउँका एक युवकबाट हातपात भएको हाे ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतम रहेकाे स्राेतले जनाएको छ ।

अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ । उनीमाथि हातपात हुनुकाे कारण भने खुलेको छैन ।

प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् । साेही कार्यक्रम अन्तर्गत उनी अहिले साढे चार बजे पाेखरा अाउँदैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्