पाेखरा ।।
व्यवसायी दुर्गा प्रसाईं एक अभियानका लागि पाेखरा अाएका छन् । शुक्रबार पाेखराकाे नयाँ बजारस्थित प्रदर्शनि केन्द्रमा आयाेजना हुन लागेकाे महाअभियानलाई सम्बाेधन गर्न उनी विहीबार यहाँ अाएका हुन् ।
साेही कार्यक्रमलाई लिएर आज पाेखरामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न कार्यक्रमहरुमा आफुमाथी हुने गरेका आक्रमणहरु जस्तै जुत्ता प्रहार र कालोमोसो दल्ने कार्यले आफूलाई अझ धेरै फाइदा भएको टिप्पणी गरेका छन् ।
विहीबार दिउँसो साेही महाअभियान अन्तर्गतकाे कार्यक्रमलाई सम्बाेधन गर्न बाग्लुङ पुगेका उनी माथि जुत्ता प्रहार भएको थियाे ।
प्रसाईले बाग्लुङमा आफुमाथि आक्रमण गर्ने युवकले नेता, भ्रष्टाचारी र भुटानी नागरिकका नाममा मान्छे बेच्नेलाई आक्रमण गर्नुपर्नेमा आफूलाई आक्रमण गरेर गल्ति गरेको समेत बताएका छन् ।
उनले कुटाई खानु, आक्रमण गर्नु आफुलाई अझ हाइलाइट गर्नु रहेकाे प्रतिकृया दिएका छन् । विशेषगरी अहिलेकाे आफुहरुकाे आन्दोलन देश र जनताका लागि भएको भन्दै उनले साथ दिन समेत सबैमा आग्रह गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडाहामा हिंडेका दुर्गा प्रसाईंलाई प्रशासनले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेपछि उनकाे यस अभियान कार्यक्रम शुक्रबार पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेको छ ।