२० बुँदे माग सम्बाेधन नभए जनसंघर्षका कार्यक्रम गर्ने: क्रान्तिकारी युवा संगठन नेपाल
  • प्रमुख खबर

smart

पाेखरा ।।

क्रान्तिकारी युवा संगठन नेपालले प्रधानमन्त्रीकाे कार्यालयलाई २० बुँदे माग गर्दै पत्र पठाएको जनाएको छ ।

पाेखरामा अाज पत्रकार सम्मेलनकाे अायाेजना साे उक्त २० बुँदे माग पत्रकाे बारेमा जानकारी दिएकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० बुँदे माग बुझाउन उनकै कार्यालयमा गएतापनि प्रधानमन्त्रीबाट अाफुहरुलाई समय प्राप्त नभएपछि पाैष ३ गते हुलाकमार्फत माग पत्र पठाएको क्रान्तिकारी युवा संगठनका केन्द्रीय संयोजक हरिश भट्टले जानकारी दिएका छन् ।

राष्ट्र र जनताकाे हितलाई ख्याल गरि अाफुहरुले गरेकाे मागलाई प्रधानमन्त्रीले १० दिन भित्र पुरा नगरे सरकारलाई दबाब दिन विभिन्न संघर्षका कार्यक्रमको तयारी गरिरहेकाे समेत संयाेजक भट्टले बताएका छन् ।

क्रान्तिकारी युवा संगठन नेपालले गरेकाे माग पत्रमा सबै तहका कर्मचारीहरुकाे सम्पत्ति छानविन गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, शिक्षा-स्वास्थ्य जस्ताे अति अावश्यक कुराहरुलाई राष्ट्रियकरण गर्नुपर्ने, युवा जनशक्तिलाई यही राेजगारीकाे वातावरण सृजना गर्नुपर्ने, जनप्रतिनिधिहरुको तलब भक्ता खारेजदेखि एनसेल, एमसिसी खारेज सम्मका मागहरु उल्लेख गरिएको बताएका छन् ।

उनले जनजिविकाका मागहरु राखेर भेट्न खोज्दा पनि प्रधानमन्त्री प्रचण्डले समय नदिएको गुनासो गर्दै यदि यी मागहरु सम्बाेधन नभए जनसंघर्षका कार्यक्रमको आयोजना गर्ने घोषणा समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्