पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटे व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले
  • प्रमुख खबर

व्यवसायी  तथा अभियन्ता दुर्गा प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन। प्रसाईंले सोमबार बिहान ज्ञानेन्द्रसँग भेट गरेका हुन् ।

भेटपछि प्रसाईंले देशले छिट्टै निकास पाउने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट, लघुवीत्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ, धैर्य गर्नु होला ।’

प्रसाईंलाई भेट्न आइतबार मात्रै अभिनेत्री मनिषा कोइराला उनकै घर पुगेकी थिइन् । प्रसाईं मनिषासँगको भेटपछि थप उत्साही भएका थिए । सोही क्रममा उनले आज पूर्वराजासँग भेटेका हुन् ।

प्रसाईंले  ‘राष्ट्र बचाउ महाअभियान’मार्फत् राजतन्त्र ल्याउनेदेखि लघुवीत्त तथा सहकारी पीडित नागरिकलाई साथ लिएर आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्