राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै
  • प्रमुख खबर

काठमाण्डाै ।।

राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् । बैठक आज ४ बजेका लागि बोलाएका हुन् ।

बैठकमा गठबन्धनबाट राष्ट्रियसभा चुनावमा भाग लिएका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी सहभागी हुने बताइएको छ ।

त्यस्तै उक्त बैठकमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालाई पनि बोलाइएको स्रोतले जनाएको छ ।

कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवारले हारेका छन् भने त्यस बाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् ।

साे प्रदेशको बारेमा बैठकमा विशेष समिक्षा समेत हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्