साउदी अरेबियालाई पेनाल्टी शुटआउटमा ४-२ ले पराजित गर्दै दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आज राती कतारको एजुकेसनल सिटि स्टेडिएममा सम्पन्न प्री क्वाटरफाइनल खेलको निर्धारित समय र ३० मिनेटको अतिरिक्त समयमा पनि १/१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुग्दा कोरियाले खेलमा बाजि मारेको थियो । यस अगाडि खेलको ४६ औ मिनेटमा रडिफको गोल मार्फत साउदी अरेबियाले अग्रता लिएको थियो । एक गोलले पछि परेपश्चात निकै आक्रामक खेल प्रस्तुत गर्दै कोरियाले निरन्तर साउदी अरेबियाको गोलपोस्टमा प्रहार गरेको थियो । तर साउदीका गोलरक्षक अल्कासरले निरन्तर उत्कृष्ट वचाउ गरेका थिए । निर्धारित समय सकिन ९० सेकेन्डको समय बाकी रहदा कोरिया खेलमा फर्किएको थियो । कोरियाका लागि दोस्रो हाफको इन्ज्युरी समयको नबौ मिनेटमा चोले गोल गर्दै खेललाइ अतिरिक्त समयमा पुर्याएका थिए ।

अतिरिक्त समयमा दुबै टोलिको तर्फवाट कुनै गोल हुन नसकेपछी खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पेनाल्टी शुटआउटमा कोरियाका गोलरक्षकले साउदिको दुई पेनाल्टी बचाउ गर्दै कोरियालाइ जिताउन सफल भएका थिए । अब कोरियाले क्वाटरफाइनलमा अस्ट्रेलियाको सामना गर्नेछ ।













