त्रिभुवन आर्मी क्लव आहा रारा पोखरा गोल्ड कपको फाईनलमा
  • प्रमुख खबर

पोखरा ।।

चर्च ब्वाइज युनाइटेड क्लवलाई पराजित गर्दै बिभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८० को फाईनलमा प्रबेश गरेको छ ।

पोखरा रंगशालामा आज(विहिबार) भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीले चर्च व्वाईज यूनाईटेड क्लबलाई अतिरिक्त समयमा २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

९० मिनेटको निर्धारित समयमा दुबै तर्फ १-१ गोल भए पछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । आर्मीको जितमा दिनेश हेन्जन र अतिरिक्त समयमा रस बहादुर मगरले एक÷एक गोल गरे भने चर्च व्वाइजका समिर तामाङले एक गोल गरे ।

खेलको ६१ औं मिनेटमा चर्च व्वाईजका सन्तोष खत्रीले जितेन्द्र कार्कीलाई लडाए पछि पाएको फ्रिकिकको अवसरलाई करिब २५ यार्डबाट हेन्जनले प्रहार गरेको फ्रिकिक वलले जाली चुमेको हो ।

खेलको ८३ औं मिनेटमा चर्च व्वाईजका समीर तामाङले गोल गरि खेल बराबरीमा पुर्याए । आर्मीका जितेन्द्र कार्की र गोलरक्षक समित श्रेष्ठलाई विट गर्दै समीरले फ्रष्ट वार च्याप्दै गोल गरे । पहिलो हापमा दुबै तर्फ बराबरीमा खेल पुगे पछि निर्णायकको लागि १५–१५ मिनेट थपिएको हो ।

आर्मीका रस बहादुर मगरले खेलको ९९ मिनेटमा गोल गरे । वसन्त जुम्बाको क्रस बलमा मगरले गोल गरे ।

आर्मीले थ्रि स्टारसंग उपाधिको लागि शनिवार फाईनल खेलमा भिड्ने भएको छ । थ्रिस्टारले प्रिक्वाटरमा आयोजक सहारा क्लवलाई र क्वाटरफाइनलमा भने पाहुना टोली भुटानको पारो एफसीलाई पराजीय गरी सेमिफाइनलमा जाउलाखेल युथ क्लवलाई पराजित गरि फाईनलमा यात्रा बनाएको हो ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि–स्टारले जाउलाखेल क्लवलाई १– ० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।

यही माघ २० गते फाइनल खेल सहित प्रतियोगिता समापन हुने आयोजक सहारा क्लबले जनाएको छ । २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

यही माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले जनाए ।

दर्शकलाई आकषर्ण गर्न हरेक दीनमा फ्यान अफ दी म्याच समेत घोषणा गरिएको छ । विहिबारको खेलमा सन्तोष शर्मा र विपिन तामाङ फ्यान अफ दी म्याच घोषित हुदै जनही ५ हजार रुपैया हात पारे । उक्त कार्यक्रमलाई वेलायत निवासी उमा र रामचन्द्र गुरुङको सहयोग प्राप्त भएको क्लवका सुर्दशन रञ्जितले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्