पोखरा ।।
सुन्दर ढोका साथी सेवाको आयोजनामा हुने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । उक्त संस्थाले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी भालिदेखि पोखरामा शुरु हुने यस च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
उक्त संस्थाका निर्देशक स्वर्गीय विकास अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप हुन लागेको हो ।
विशेषगरी अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० र २१ गते गरी दुईसम्म संचालन हुने यस प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यस प्रतियोगिता पोखरा रंगशाला र पुन समाज रामघाट गरी दुई स्थानको बास्केटबल कोर्टमा हुनेछ ।
संस्थाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उनको जीवन र गवाही प्रति समर्पित रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषतर्फबाट क्रमशः प्रथम, द्धतिय र तृतिय हुने टोलीले क्रमश ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट हाई स्कोरर खेलाडीलाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र प्रदान गरिने पनि जनाएको छ ।
यस प्रतियोगिताको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गर्ने भएका छन् भने समापन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्ने आयोजकले जनाएको ।
को हुन् स्वर्गीय विकास अधिकारी रु
स्वर्गीय विकास अधिकारी सुन्दर ढोका साथी सेवाका संस्थापक कार्यकारी निर्देशक हुन् । अपाङ्गताको क्षेत्रमा क्रियाशिल स्व। अधिकारीले नेपाली समाजका सीमान्तकृत व्यक्ति तथा परिवारहरुको लागि पहुँचयोग्य बनाउन निरन्तर लागिरहेका व्यक्ति हन् ।
स्व। अधिकारीले समाजमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समान हक, अधिकारसँगै अपाङ्गमैत्री सुशासन समाजका निर्माणका लागि काम गर्दै आएका थिए ।
उनको विश्वभर फैलिएको कोरोना भाइरसको सक्रमणपछि उपचारको क्रममा दुईवर्ष अगाडि मृत्यु भएको थियो ।
सुन्दर ढोका साथी सेवाले उनै स्व। विकास अधिकारीको दोस्रो स्मृति दिवसमा पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० सञ्चालन गर्न लागेको हो ।