पाेखरा ।।
जिल्ला समन्वय समिति(जि.स.स.)कास्कीको टोलिले निर्बाचन क्षेत्र नं.३ को योजनाको बारेमा अनुगमन गरेको छ।
जि.स.स. समन्वय समितिका प्रमुख लिलाधर पौडेलको नेतृत्व र प्राबिधिक कर्मचारी सहितकाे टोलिले अाज उक्त क्षेत्रकाे याेजनाकाे बारेमा अनुगमन गरेकाे हाे ।
नेपाल सरकार शहरी विकास मन्त्रालय एकीकृत पूर्बाधार विकास कार्यक्रम अन्तर १२ करोड ४६ लाखको लागतमा साे निर्वाचन क्षेत्रमा निर्माणाधीन कोल्ड स्टोर , प्रदशनि हल र सामुदायिक भवन सहितको आयोजनाको अनुगमन गरिएको हो ।
जि.स.स. प्रमुख पौडेलका अनुसार अनुगमकाे क्रममा जय नेपाल इश्वर निर्माण सेवा प्रा.लि. द्वारा निर्माणधिन उक्त आयोजनाको कार्य सन्ताेषजनक पाइएको बताएका छन् ।
उनले निर्माण कार्यमा खटिरहेकाहरुलाई गुणस्तर र निर्माण अबधिको उचित खयाल गर्दै आयोजनाको काम अगाडि बढाउन आग्रह समेत गरेका छन् ।
२०८१ कार्तिक महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको ३० प्रतिशत बित्तीय र ४० प्रतिशत भौतिक प्रगति देखिएको संघीय आयोजना कार्यान्वयन इकाइ पोखराका प्रमुख सुरज पौडेलले जानकारी दिएका छन् ।
त्यसैगरि कास्की निर्बाचन क्षेत्र नं. १ पोखरा महानगर पालिका वडा नं. १२ स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित रेट्रोफिटिङ आयोजनाको पनि अाज नै अनुगमन गरिएको जि.स.स. कास्कीले जनाएको छ।