पाेखरा ।।
पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ ।
६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशलाई लुम्बीनीले १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने त्यसैगरी सुदुरपश्चिम प्रदेशले बागमतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।
आजको सेमिफाइनल खेलका विजेताहरु भोली हुने फाइनल खेलमा दुई टिम भिड्ने छ ।
सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
आजको लिग चरणको खेलमा पुरुषतर्फको खेल भने नसकिएको आयोजकले जानकारी दिएको छ ।