प्रा.डा. निर्मल लामिछानेकाे कविता संग्रह “फरक सन्देश” लाेकार्पण
  • प्रमुख खबर

पाेखरा ।।

वरिष्ठ मनाेचिकित्सक प्रा.डा निर्मल लामिछानेद्वारा लिखित कविता संग्रह ” फरक सन्देश” लाेकार्पण भएको छ । शनिवार पाेखरामा बुद्धिसागर लामिछाने स्मृति प्रतिष्ठानकी संरक्षक गङ्गा देवी लामिछाने, कवियत्री मन्जु शर्मा एवम् जेष्ठ नागरिक खेम कुमारी बरालले संयुक्तरुपमा साे कविता संग्रह लाेकार्पण गरेका हुन् ।

संग्रह लाेकार्पणपछि कार्यक्रमा बाेल्दै प्रतिष्ठानकी संरक्षक गङ्गा देवी लामिछानेले “फरक सन्देश” स्वस्थ्य जीवन र समाजिक रपान्तरणका लागि फरक प्रकारकै सन्देश रहेकाे बताएकी थिइन ।

पुस्तककाे समीक्षा गर्दै डा. अनन्त अधिकारीले फरक सन्देश कविता संग्रह अाफ‌ैमा एक फरक सन्देश रहेकाे र यसले मान्छेलाई सकारात्मक साेच सहित हाँसेर बाँच्ने सन्देश दिएकाे बताइन।

त्यस्तै चित्रकार यादव चन्द्र भुर्तेलले , वरिष्ठ मनाेराेग चिकित्सक प्रा. डा. निर्मल लामिछानेले संग्रहमा मान्छेलाई स्वस्थ्य र सृजनशील रहन अनुराेध गर्दै कविता काेरेर नेपाली साहित्यकाे वाङ्मयमा नयाँ आयाम थप्नुसंगै समाजमा सकारात्मक साेच प्रवाह गरेकाे बताए ।

देशकाल परिवेश र समसामायिक घटनाक्रम एवं भावात्मक दृष्टान्त सहित विविध विषयवस्तु समेटिएकाे कविता कृति फरक सन्देशमा विभिन्न शीर्षकका ४४ कविताहरु समावेश छन् भने पुस्तकमा प्राज्ञ सरुभक्त, डा निरज के.सी, डा अनन्त अधिकारी , कवि ऋषभ देव बास्ताेला,प्रा.डा अजय रिसाल तथा डा. सन्जय काेइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्