भदौ २८, काठमाडौं ।।
रसुवाको भोटेकोशीरसुवाको नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सरकारले मासिक रूपमा सहायता रकम उपलब्ध गराउने भएको छ ।
सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै बिहीबार बसेको मन्त्रिपरिषद्ले बैठकले यस्तो निर्णय गरेको जनाएका हुन् ।
उक्त बैठकको निर्णय अनुसार भोटेकोशी बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य मासिक थप २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको छ ।
यो रकम बाढी प्रभावितहरुको स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न सरकारले रकम उपलब्ध गराउने हो। कुनै परिवारले मासिक नगद भाडा सुविधा लिन नचाहेको खण्डमा सरकारले नै स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्पसमेत उपलब्ध गराएको मन्त्री तिमिल्सिनाको भनाइ छ ।
यसका लागि लागि आवश्यक विवरण तथा तथ्याङ्क संकलन गर्न सम्बन्धित सबै स्थानीय तहहरूमा फाराम पठाइसकिएको समेत उनले बताएका छन् ।









