पाेखरा ।।
गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् ।
नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त भएका हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर प्रदेशमा देखिन गरेकाे हाे । जसअनुरुप मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ ।