पाेखरा ।।
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा विश्वासको मत फिर्ता लिने भएको छ ।
केन्द्रमा गठबन्धन फेरिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अाज माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेसँगै उनलाई दिएकाे विश्वासको मत पनि फिर्ता लिने भएको हाे ।
समर्थन फिर्ता लिन केन्द्रको निर्णय कुरिरहेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन् ।
समर्थन फिर्ता लिनका लागि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।
गण्डकी प्रदेश सभामा ६० सदस्यीय छन् । जसमा कांग्रेसका २७ सांसद, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दीपक मनाङे )सांसद छन् ।