निर्वाचन अायाेगद्वारा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार
  • प्रमुख खबर

पाेखरा ।।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेकाे छ ।

नाउपाले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।

पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदन माथि आज आयोगले निर्णय गर्दै ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि चौधरी अध्यक्ष हुन अयोग्य रहेको उल्लेख गरेको हो ।

कैलाली टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसको दुई हप्ता नबित्दै गणतन्त्र दिवसका दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको सजाय माफी गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्