नवनिर्वाचित राष्ट्रियसभा अध्यक्षद्वारा पदभार ग्रहण
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

राष्ट्रियसभा अध्यक्षमा नवनिर्वाचित नारायण दाहालले
पदभार ग्रहण गरेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन् ।

पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए ।

उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्