सत्तासमीसँगै गण्डकी प्रदेशमा सरकार बन्न सकस
  • प्रमुख खबर

पाेखरा ।।

गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था देखिएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएपछि गण्डकी प्रदेश सरकार बन्न सक्ने अवस्था नदेखिएको हाे ।

नयाँ सरकार निर्माणमा राप्रपाकाे समर्थन निर्णायक रहन्छ । यसका लागि अहिले गठबन्धनमा आबद्ध दलहरूले राप्रपाको साथ खोजेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नयाँ गठबन्धन दलसँग नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का ७ (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० सदस्य छन् ।

प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको आवश्यकता पर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्