सुन तस्करी अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ
  • प्रमुख खबर

काठ्माण्डाै ।।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सुन तस्करीको अभियोगमा पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई शुक्रबार काठमाण्डौँकाे टाेखाबाट पक्राउ गरेका थिए।

गएको साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झन्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो ।

विहीबार गृहमन्त्रीसमक्ष पेस भएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेकाे देखाएको थियाे ।

सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको समेत भेटिएको थियो ।

पक्राउ गरेका पुनलाई अहिले भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा यसअघि नै पक्राउ पुर्जी जारी भएकाले उनलाई शुक्रबार साँझ जहाजमार्फत् भैरहवा लगिएको हो ।

उनीहरुले रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका साढे ७८ करोड रुपैयाँ हिनामिना गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्