गजल सन्ध्या र नवनित साहित्य सागरको आयोजनामा सन्चालन हुँदै आएको अक्षरयात्राको २०९ औ श्रृङखला पोखरा महानगरपालीका वडा न २८ ठुलाकोटमा सम्पन्न भएको छ ।
लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको स्थानिय समन्वयमा भएको कार्यक्रम गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षत्री र लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको अध्यक्ष दिनेशबाबू खड्काको सम्युक्त अध्यक्षतमा सम्पन्न भएको हो । हरेक महिनाको तेस्रो शनिवार सन्चालन हुने अक्षरयात्रा कार्यक्रममा रचनाकारहरु सोही स्थानमा पुगी रचना सृजना गरी वाचन गरीन्छ ।
पोखरा महानगरपालिका वडा न २८ मा अवस्थित ठुलाकोट बाट कास्कीको विभिन्न स्थान दृश्यावलोकन गर्न सकिन्छ भने ठुलाकोट कुलमण्डल शाहका साइला छोरा चैतु शाहले राज्य गरेको स्थानको रुपमा प्रचलित छ। कार्यक्रम सम्योजक लक्ष्मण तिमिल्सिनाले स्वागत गर्दै मुक्तक सुनाएर रचनावाचन सुरुवात गरिएको थियो । कार्यक्रम गजल सन्ध्या पोखराका कोषाध्यक्ष बिष्णु सुवेदीले सन्चालन गरेका थिए।