पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बृद्धी
  • प्रमुख खबर

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ । भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्