लाल बहादुर चन्डेश्वरी ढेवाजु स्मृती सङीत पुरस्कार बाट मिरा राणा र प्रा. डा. धुर्बेश चन्द्र रेग्मी सम्मानित हुने
  • प्रमुख खबर

सङीत प्रशिक्षण केन्द्र पोखरा द्वारा संचालित लालबहादुर चन्डेश्वरी  ढेवाजु  स्मृती  पुरस्कार २०७८ बाट प्रसिद्द गायिका मिरा राणा र २०८० बाट सङीतकार  प्रा. डा. धुर्बेश चन्द्र रेग्मीलाइ सम्मान गरिने भएको छ

यहीँ  जेष्ठ १२ गते शनिबार  एक समारोहका बीच  यस्  पुरस्कारबाट नेपाली सांगेतिक  छेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भए बापत मिरा राणा ज्यु र सास्त्रीय सङीतमा महत्वपूर्ण योगदान  पुर्याउनु भए बापत  प्रा. डा. धुर्बेश चन्द्र रेग्मीलाइ सम्मान गरिने भएको हो।

यश पुरस्कारबाट शिखर पुरुष स्व. अम्मर गुरुङ, दीप श्रेष्ठ, स्व. गायक सरोज गोपाल बज्राचार्य ,स्व.  धनबहादुर गायक, स्व. कल्याण शेरचन,बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु सङीतकार रन्जित गजमेर तथा अभिनेत्री मिथिला शर्मा सम्मानित भैसक्नुभएको छ। हाल यश पुरस्कारकोको राशी रु एक लाख एक, दोसल्ला र सम्मानपत्र रहेको छ।कार्यक्रम पोखरा २, बिन्धवासिनी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा बिहान ८ बजे शुभारम्भ हुनेछ

तपाईको प्रतिक्रिया दिनुहोस्