अमेरिकाले दिएन सन्दीप लामीछानेलाई भिसा
  • प्रमुख खबर

टी–२० क्रिकेट विश्वकप खेल्न जान लागेका सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

यसको जानकारी सन्दीप स्वयंले बुधबार सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

बलात्कार आरोपबाट सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको हो ।

सुन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग खेल्न जाने क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन । सामाजिक सञ्जालमा लेखेपछि भने उनले पछि भिसा पाएका थिए ।

यता सन्दीप भने गत बुधबार सफाइ पाएपछि नै विश्वकपको तयारीस्वरुप अभ्यास गरिरहेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनलाई विनोद भण्डारीलगायतका खेलाडीले साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्