अषाढ ९, काठमाडौं ।।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई त्यहाँबाट आज काठमाडौं ल्याइपुर्याइएको हो । काठमाडौं ल्याएलगत्तै उनलाई विशेष अदालतमा उपस्थित समेत गराएको छ ।
उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा उनलाई हिजो पक्राउ गरिएको विभाग थियो ।
उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनकाे निवासमा छापा समेत मारेको थियो । पौडेलपक्षको वकिलहरूले उनलाई पक्राउ गर्नु नै गलत भन्दै उनको पक्षका लागि बहसको तयारी गरेका छन् ।










