जाजरकोटमा फेरि भूकम्पको धक्का
  • प्रमुख खबर

पोखरा/जाजरकोटमा  ३.८ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर यसअघि गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम जारी रहेको छ । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६ सय बढी परकम्प गइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्