पोखरा ।।
जिन्दगीलाई सार्थक र सहज बनाउने एक पद्धति जीवन बिमा पनि हो । जीवन बिमा गर्ने क्रम आजभोली बढेको पाईन्छ । हुन त मानिस जीवन बिमा गर्न अलमली रहेका छन् । तर पछिल्लो क्रममा जसले बिमा गर्छ उसको भबिष्यनै उज्वल रहने बिमा कम्पनी बताउछन् ।
प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिं मा १५ बर्षे सुपर सुरक्षित साबधिक जीवन बिमा गरेका पोखरा -०८ सिमल चौर, कास्की निवासी गणेश गुरूङको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको छ ।
उनले प्रभु महालक्ष्मीमा ईन्स्योरेन्स लि. मा बिमा १४ अगस्ट २०२० मा गरेका थिए भने बिमा रकम किस्ता ५५९६८० तिरेका थिए ।( पाँच लाख उन्नसाठी हजार छ सय असी) बुझाएका थिए साथै उनले बिमा गरेको बिमाङ्कन रकम २० लाख रहेको थियो ।
तर मृत्यु पश्चात् प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिं संग उनकी श्रीमती रूपा कुमारी गुरूङले कुनै कार्यक्रम नगरी आफ्नो खातामा रकम जम्मा गरी दिनु भनेको हुदा उनको पोखरा स्थित न्युरोड शाखाको नबिल बैंकको खातामा मृत्यु दाबी भुक्तानी रकम रू २३७००००(तेईस लाख सत्तरी हजार) बिमा कम्पनीले बुझाएको प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख अखिल धमालाले जानकारी दिनु भयो ।













