कास्की जिल्ला जुडाे संघकाे अध्यक्षमा पद्म छन्त्याल
  • प्रमुख खबर

पाेखरा ।।

कास्की जिल्ला जुडाे संघकाे अध्यक्षमा पद्म छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । पाेखरामा मंगलबार सम्पन्न प्रथम अधिबेशन तथा साधारण सभाले छन्त्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

संघको उपाध्यक्षमा सन्त बहादुर लामिछाने, सचिवमा ज्याेति हमाल र काेषाध्यक्षमा अमृत बाबू पाैडेल सर्वसम्मत निवार्चित भएका छन् ।

त्यसैगरी संघको कार्यसमिति सदस्यमा प्रकाश भुषाल, रबि चाैधरी, पुजा गुरुङ, हरि प्रसाद काेइराला, उमेश चन्द्र देवकाेटा र  निर्वाचित भएका छन् ।

उक्त अधिवेशन तथा साधारणसभाको उद्घाटन जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यलय प्रमुख सुन बहादुर लामाले गरेका छन् ।

यस्तै साे अवसरमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लामाले नव निर्वाचित संघका पदाधिकारीहरुलाई शुभकामना दिदै यस क्षेत्रमा जुडाे खेल विकासका निम्ति संस्थागत र व्यक्तिगत रुपमा गर्न सक्ने सहयाेग गर्न कहिले पछि नहट्ने बताए ।

त्यस्तै संघका नवनिर्वाचित अध्यक्ष छन्त्यालले कास्की जिल्लामा जुडाे खेल विकासकाे लागि अाफ्नाे यस टिमलाई सक्रियताका साथ अगाडि बढाउने बताएका छन् ।

उनले अबकाे ४ वर्षे कार्यकाल यस खेल र खेलाडीहरुकाे हितका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्