काठ्माण्डाै ।।
सरकार गठनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सार्वजनिक भएको छ ।
विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले अाजकाे संसद बैठकमा दुई दलबीच भएको सहमति सार्वजनिक गर्नुभएको हाे ।
उक्त ७ बुँदे सहमतिमा दुवै पार्टीले भ्रष्टाचार हटाउने लक्ष्यसहित राष्ट्रिय सहमतिको सरकार बनाउने, संविधान कार्यान्वयनका सबल र दुर्बल पक्षको अध्ययन गरेर संविधान संशोधन गर्ने र कानुन निर्माणलाई प्राथमिकता दिने, अर्थतन्त्रमा देखिएको समस्याहरुलाई हटाएर चलायमान बनाउने सहमति भएको उहाँले बताउनुभएकाे छ ।
त्यस्तै विदेशी लगानी आकर्षित गरेर देशमै रोजगारी सृजना गर्ने, आमनागरिकको चाहनाअनुसार विकासको गति बढाउने, अहिलेको सरकार दुई वर्ष एमालेले र बाँकी समय नेपाली कांग्रेसले चलाउने पनि सहमति भएको प्रधानमन्त्री अाेलीले सार्वजनिक गर्नुभएको छ ।
यस्तै संघिय सरकारमा जस्तै प्रदेश सरकारहरू पनि मिलेर अगाडि बढ्ने सहमति भएको पनि उहाँले स्पष्ट पार्नुभएकाे छ ।