राज्यमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री ओली नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पायाे पूर्णता
  • प्रमुख खबर

काठ्माण्डाैं।।

गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति पौडेलले नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी, नेपाली कांग्रेसका रुपा विक र पूर्णबहादुर तामाङ गरि तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा चाैधरी, वन तथा वातावरणमा विक र ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तामाङले प्राप्त गरेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरु तीनै जनालाई राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपतिकाे कार्यालयबाट जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्