शिक्षा क्षेत्रमा राजनीतिकरण नभइ दलियकरण: मन्त्री विद्या भट्टराई
  • प्रमुख खबर

सरिता गुरुङ
पाेखरा ।।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षामा राजनीतिकरण नभएइ दलियकरण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षामा राजनीतिकरण नभएइ दलियकरण भएको बताएकी छन् । प्रेस चौतारी कास्कीले आइतबार पाेखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले साे कुरा बताएकी हुन् ।

उनका अनुसार अहिले शिक्षा क्षेत्रमा भएको दलिय कारणले गर्दा पनि यस क्षेत्रमा साेचे अनुरुपकाे सुधार हुन नसकेकाे बताएकी छन् ।

उनले बताए अनुरुप नीति, कानुन र संविधानले शिक्षामा नेतृत्व गरेको छैन । जबसम्म नीतिले विश्वविद्यालय र विद्यालयको नेतृत्व गर्दैन तबसम्म हाम्रो राज्यसँग शिक्षा क्षेत्र जोडिँदैन । शिक्षा क्षेत्रकाे विकासका निम्ति राज्य र शिक्षा जोडिनुपर्ने बताइन ।

उनले नेता र शिक्षा जोडिने होइन, दल र शिक्षा पनि जोडिने होइन अनि मात्रै शिक्षामा परिवर्तन सम्भव भएको स्पष्ट पारेकी छन् ।

मन्त्री भट्टराईले २०२८ को शिक्षा ऐनलाई पटकपटक संशोधन गरेपनि अहिलेको सन्दर्भमा ऐन बन्न नसकेको बताउँदै संसदको समितिमा शिक्षा विद्येयक बिचाराधिन रहेको उल्लेख बताइन।

उनका अनुसार शिक्षा विद्येयकमा शिक्षा कस्तो भनेर विद्येयकमा नल्याएकाे तर विद्यालय शिक्षा केही व्यवस्थित गर्ने गरी ल्याएकाे, अझै उच्च शिक्षा ऐन, पूर्ण रुपमा प्राविधिक शिक्षा ऐन बन्न बाँकी रहेकाे र त्यसलाई पूनरावलोकन गर्न पनि बाँकी भएको जानकारी दिइन ।

त्यस्तै पछिल्लो समय अभिभावक र समाजमा केही जान्ने बुझ्नेहरुबाट नै नेपाल केही हुँदैन, अध्ययन गर्न, राेजगारीका लागि वा उज्ज्वल भविष्यका निम्ति विदेश नै जानुपर्छ भन्ने जुन भाष्य निर्माण गरिएकोमा दु:ख समेत व्यक्त गरेकी छन् ।

उनले यसलाई बदल्नेगरी काम गर्नुपर्ने दायित्व आफू र वर्तमान सरकारमा रहेको उनले बताइन ।

सबै चुनौतीलाई समाधान गर्दै शिक्षाको सुधारका लागि नीति, नियम र कानून बनाएर शिक्षामा सुधार गर्नकाे लागि नै नेकपा एमालेले यस मन्त्रालय लिएको छ स्पष्ट पारेकी छन् ।

उनले एसइइ व्यवस्थापनकाे जिम्मेवारी विद्यालयलाई नै दिनुपर्ने र +२ व्यवस्थापनकाे जिम्मा बाेर्डलाई दिनैपर्ने बताइन ।

त्यस्तै मन्त्री भट्टराईले अाफु इमान्दार र जवाफदेही भएर नीति र नियमकाे पालना गर्दै समग्र शिक्षा क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

उनले अाफुलाई दिएकाे मन्त्रालयमा कुनै परिस्थितिले कारणले कहिकतै चुक्नुपर्ने स्थिति सृजना अायाे भने तत्काल पदबाट राजिनामा दिने पनि बताइन ।

तपाईको प्रतिक्रिया दिनुहोस्