पाेखरा ।।
भाेलिदेखि मनसुन पुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन सक्रिय हुँदै जाने बताएको हाे ।
महाशाखाका अनुसार विशेषगरी भोलि र पर्सि देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची वर्षाको उच्च जोखिममा रहेका छन् ।