मनसुन पुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा
  • प्रमुख खबर

पाेखरा ।।
मनसुन पुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले अाज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

विभागका अनुसार यी स्थानहरुमा सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

विशेषगरी वर्षाको उच्च जोखिम भने गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा रहकाे विभागले बताएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची उच्च जाेखिमा रहेका छन् ।

विभागका अनुसार आज राति समेत देशभर साधारणतया माैसम बदली रहने र सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्