पेरिस ओलम्पिक २०२४: पुरुष फूटवलको स्वर्ण पदक स्पेनलाई
  • प्रमुख खबर

फ्रान्सको पेरिसमा जारी ओलम्पिक २०२४ को पुरुष तर्फको स्वर्ण पदक स्पेनले हात पारेको छ। गत राति सम्पन्न फाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सलाई ५-३ गोल अन्तरले पराजित गरेको हो।


फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मनको घरेलु मैदानमा सम्पन्न फाइनल खेलमा स्पेनलाई विजयी गराउन फर्मिन लोपेज र क्यामेलो पेरेजले समान २ गोल तथा बएना रोद्रिगोएजले १ गोल गरेका थिए। त्यस्तै पराजित टोली फ्रान्सका लागी भने मिलोट, अक्लीओचे र मटेटाले समान १/१ गोल गरेका थिए।


महिला फूटवल तर्फको स्वर्ण पदकका लागी भने ब्राजिल र संयुक्त राज्य अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् उक्त खेल नेपाली समय अनुसार आज साँझ ८:४५ मा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्