काठ्माण्डाैं ।।
काभा वमेन्स भलिबल लिगमा उपविजेता भएको नेपाली टोलीका १४ जना खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे ।
यस्तै उक्त बैठकले टोलीका मुख्य प्रशिक्षकलाई २ लाख दिने भएको छ भने व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान समेत गर्ने भएको छ ।
नेपालसहित भारत, इरान, श्रीलंका र माल्दिभ्स गरि
पाँच राष्ट्रकाे सहभागीता रहेकाे साे प्रतियोगितामा नेपाल उपविजेता भएको थियाे ।